बागमती प्रदेश लोकसेवा आयोगद्वारा पहिलोपटक ४६९ जना कर्मचारी माग

प्रदेश र स्थानीय तहका सहायकस्तर चौथो तहका विभिन्न पदका ४ सय ६९ दरबन्दीमा खुला र बढुवाबाट पदपूर्ति गर्ने गरी विज्ञापन आज गरिएको हो ।
जनपत्र
८ मंसिर २०७७, सोमबार ०८:३३

हेटौंडा । बागमती प्रदेशमा पहिलो पटक प्रदेश लोकसेवा आयोगले कर्मचारी माग गरेको छ । प्रदेश स्तरमा स्थापना भएको लोकसेवा आयोगले ४ सय ६९ जना कर्मचारी माग गरिएको हो । प्रदेशका स्थानीय तह र बागमती प्रदेशका दुइ मन्त्रालय गरी सहायक स्तर चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले वताउनुभयो ।

प्रदेशभरीका ४४ वटा स्थानीय तह र बागमती प्रदेशको दुइवटा मन्त्रालयका २२ जना समेत गरेर ४ सय ६९ जनाको दरवन्दी माग गरिएको अध्यक्ष श्रेष्ठले वताउनुभयो । प्रदेश निजामती सेवा बार्षिक पदपूर्ति कार्यतालिका समेत सार्वजनिक गरिएको छ ।

बागमती प्रदेशको प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय तहका सहायकस्तर चौथो तहका विभिन्न पदका ४ सय ६९ दरबन्दीमा खुला र बढुवाबाट पदपूर्ति गर्ने गरी विज्ञापन आज गरिएको हो । सूचना आजको गोरखापत्रमा निकालिएको छ । प्रदेशस्तरमा यति धेरै पदमा ऐतिहासिक हिसाबले विज्ञापन गरेको पहिलो पटक रहेको अध्यक्ष श्रेष्ठले वताउनुभयो ।

प्रदेशका एक सय १९ वटा स्थानीय तह मध्यमा २२ वटा स्थानीय तहले मात्र प्रदेश लोकसेवा आयोगलाई कर्मचारी मागको विबरण पठाएका हुन् । यता प्रदेश सरकारका ७ वटा मन्त्रालय मध्यमा दुइवटा मन्त्रालयले मात्र कर्मचारी माग गरेका हुन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले २० जना र भौतिक पूर्वाधार विकास मन्त्रालयलय २ जना कर्मचारी माग गरिएको हो ।

यस्तो छ मागिएको दरवन्दी र कार्यतालिकाः

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*