हेटौंडाका डाक्टरको जन्मदिन चेपाङ बालबालिकासंग

जनपत्र
७ मंसिर २०७७, आईतवार १९:५२

हेटौंडा/ हेटौंडा अस्पतालका डाक्टर सागर काफ्लेले आफ्नो जन्मदिन हेटौडाका चेपाङ बालबालिकालाई सहयोग गरेर मनाउनुभएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ को बासुदेबका चेपाङ बालबालिालाई जाडो महिनामा न्यानो कपडा वितरण गरेर मनाउनु भएको हो ।

यस क्षेत्रका ३० जना बालबालिकालाई उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाको आतिथ्यतामा न्यानो कपडा वितरण गर्नु भयो । जाडोमा न्यानो कपडा अभाबका कारण समस्या भोग्दै आएका यस क्षेत्रका बालबालिका अहिले न्यानो पकडा पाएपछी निकै खुसी समेत भएका छन् । कार्यक्रममा हेटौंडा १९ का वडा अध्यक्ष नरनाथ सुवेदी लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*