हेटौंडामा विद्यालय सञ्चालन गर्ने विषयमा सामुदायिक विद्यालयका प्रधानध्यापकसंग छलफल

जनपत्र
७ मंसिर २०७७, आईतवार १९:०१

हेटौंडा । स्वास्थ्य सावधानी अपनाएर हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालय सञ्चालन गर्ने विषयमा आज हेटौंडामा छलफल भएको छ । यस क्षेत्रका सामुदायिक विद्यालयका प्रधानध्यापकहरुसंग विद्यालय सञ्चालनका विषयमा छलफल गरिएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्वास्थ्य सावधानी पनाएर विद्यालय खोलीने वताउनुभयो ।

कोरोनाका कारण आठ महिना देखि बालबालिकाहरुले शिक्षाबाट बन्चित हुनुपरेकाले अव भने विद्यार्थीलाई, शिक्षकलाई मास्क, स्यानीटाइजरको प्रयोग गरेर विद्यालय सञ्चालन गरिने वताउनुभयो । कोरोनाबाट सधै डराएर नहुने भन्दै मेयर महतले कसरी विद्यालय सञ्चालन गर्दा सहज हुन्छ र विद्यार्थीको पढाइ हुन्छ त्यसैगरी विद्यालय चलाउनुपर्ने वताउनुभयो ।

नगर शिक्षा समितिको वैठक बसेर छिट्टै विद्यालय खोल्ने निर्णय गरिने उहाँले वताउनुभयो । स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नका लागि प्रधानध्यापकहरुले आफुहरु तयार रहेको वताएका छन् । कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाले धेरै विद्यार्थी भएका विद्यालयमा पालैपालो अध्यापन गर्ने, बिहान, दिउसो सञ्चालन गर्नुपर्ने वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*