बागमती प्रदेशमा संक्रमितको ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिलामा कोरोना

जनपत्र
७ मंसिर २०७७, आईतवार ०६:५३

हेटौंडा । बागमती प्रदेशका १३ वटा जिल्लामा महिलाको तुलनामा पुरुषमा धेरै कोरोना संक्रमण भएको पाइएको छ । यस प्रदेशमा कुल संक्रमितको ६१ दशमलब २ प्रतिशत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । महिलाहरु भने ३८ दशमलब ८ प्रतिशतमा मात्र कोरोना संक्रमण देखा परेको छ । पुरुषको तुलनामा महिलाहरु घर बािहर कमै मात्र निस्कने भएकाले पनि महिलाहरुमा कमै मात्र कोरोना संक्रमण भएको स्वाथ्यकर्मीहरु वताउँछन् ।

बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख १९ हजार ५ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस मध्यमा एक लाख ३ हजार ७ सय ६१ जनामा कोरोना भाइरस संक्रमण निको भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका कोभिड–१९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।

नेपालभरी देखिएका कुल कोरोना संक्रमित मध्यमा यस प्रदेशमा आधा भन्दा धेरै संक्रमित देखा परेका छन् । कोरोना संक्रमणकै कारण यस प्रदेशमा ६ सय ४२ जनाको मृत्यु भइसकेको उहाँले वताउनुभयो ।

हिजो बागमती प्रदेशमा हिजो एकै दिनमा एक हजार ८३ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।

देखापरेका संक्रमित मध्यमा १३ प्रतिशत उपचाररत छन् । बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् । यस प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मध्यमा ८७ प्रतिशत निको भएर डिस्चार्ज समेत भएका छन् ।

नेपालभरी देखिएका कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु मध्य सबै धन्दा धेरै बागमती प्रदेशमा देखा परेका छन् । अरु प्रदेशको तुलनामा बागमती प्रदेशमा धेरै संक्रमित देखा परेका हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*