धारामा पानी लिन जाँदा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

जनपत्र
७ मंसिर २०७७, आईतवार ०६:४५

किशोरीलाई बलात्कार गरेको अभियोगमा नवलपरासी ९बर्दघाट सुस्तापश्चिम० प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। स्थानीय १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा कृष्ण गुप्ता र किसन केवट रहेकाा जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए।

कात्तिक २७ गते राति शिकोरी धारामा पानी लिन जाँदा उनीहरुले बलात्कार गरेका हुन् । पक्राउ परेका व्यक्तिले बालिकाको मुख थुनेर घरभन्दा केही दूरीमा रहेको बगँैचामा लगेर बलात्कार गरेको पीडितकी आमाले बताइन्। किटानी जाहेरीका आधारमा दुई पुरुषलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*