१९७४ एडी र द चेनस्मोकर्सको सहकार्यमा नयाँ गीत सार्बजनिक (भिडियोसहित)

जनपत्र
७ मंसिर २०७७, आईतवार ०६:०३

१९७४ एडीले आफ्नो नयाँ गीत साथीभाई रिलिज गरेका छन् । १९७४ एडीले विश्वव्यापी लोकप्रिय द चेनस्मोकर्स को हित गीत होपको संगीत प्रयोग गरेर नयाँ गीत बनाएको हो । विश्वव्यापी प्रचलित कलाकार जोडी द चेनस्मोकर्ससँग नेपालको लोक प्रिय फोल्क रक ब्याण्ड १९७४ एडीले सांगेतिक सहकार्य गर्दै संगीतकर्मीहरुलाई यस टुबोर्ग ओपनको अभियानमार्फत प्रोत्साहित गरेको छ ।

यस नयाँ गीतमा १९७४ एडीको अद्वितीय आवाजलाई चेनस्मोकर्सको गीत ‘होप’ को संगीतसँग मिलाइएको छ, जुन हालसम्म एक अर्बभन्दा बढी स्ट्रीम प्राप्त गरेको ‘सिकबोई’ एल्बमबाट रहेको छ । १९७४ एडी भन्छन् ( यो सहकार्यको लागि काम गर्नु हाम्रो लागि निकै रमाइलो अनुभव भयो । महामारी र विशेष परिस्थितिको वातावरणमा हामीले पहिलो पटक यसरी कुनै गीतमा काम गर्यौं । यो अनुभव एकै साथ रमाइलो र चुनौतिपूर्ण थियो । यस गीतमा सकारात्मकता र एकताको सन्देश निकै रमाइलो शैलीमा पेश गरिएको छ ।हाम्रो दर्शकहरुले यो गीत मन पराउनुहुने छ भन्ने आशा गर्छौं ।

द चेनस्मोकर्सका एलेक्स पालले १९७४ एडीसँगको सहकार्य बारे भने ( त्यस क्षेत्रको निकै सफल समुहसँग काम गर्न पाउने थाहा पाउदा निकै उत्सुक छौं । यस प्रोजेक्टको मुख्य लक्ष्य पनि यहि हो । उनले थपे ( ‘टुबोर्गले विश्वको दुई कुनामा रहेका कलाकारहरुलाई जोड्न सफल बनाइरहेको छ, नत्र भने हामी दुवै एक अर्कालाई चिन्न वा सम्पर्कमा रहन निकै गाह्रो हुन्थ्यो । मलाई लाग्छ कि यो निकै राम्रो कुरा हो र नयाँ गीतका लागि निकै उत्सुक छु ।

अब नेपालका संगीत प्रेमीहरुले ३वयष्लतजभदभबत को साथ सामाजिक संजालमा भएको नयाँ ए आर फिल्टर प्रयोग गरि १९७४ एडीको नयाँ ट्रयाकको मजा लिएको भिडियो अपलोड गर्न सक्नेछन् । यो बर्षको टुबोर्ग ओपन अभियानको धेरै नयाँ रिलिजहरु मध्ये ुसाथीभाईु एक हो । यो ट्रयाकमा युरोप र एशियाबाट आएको विभिन्न संगीतशैली रहने छ, जुन पप, र्क, ह्विप(हप र लोक विधाहरुमा हुनेछन् ।

गीत ‘साथीभाई’ को भिडियो

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*