पीडित परिवारलाई प्रदेश ३ का सांसदहरुले तीन दिनको तलब दिने

हेटौंडा / हावा हुरीका कारण बिपतिमा परेका बारा र पर्षा जिल्लाका नागरिकका लागि प्रदेश नम्बर ३ का सांसदहरुले पनि सहयोग गर्ने भएका छन् । छिमेकी प्रदेशमा बिपत्ति पर्दा टुलुटुलु हेरेर बस्न नहुने भन्दै हिजो प्रदेशसभा बैठकमा सांसदहरुले आवाज उठाएपछी आज प्रदेश सभाको कार्यब्याबस्था परामर्ष समितिको बैठकले सहयोग गर्ने निणय गरेको हो ।
प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्टको अध्यक्षतामा बसेको कार्यब्याबस्था परामर्ष समितिको बैठकले सबै प्रदेशसभाका सबै सदस्यहरुबाट तीन दिन बराबरको तलब दिने निणय गरिएको हो । यस प्रदेशमा एक सय ९ जना सांसद रहेका छन् । सबैले पाउने तलबबाट तीन दिनको तलब कटाएर दिने निणय गरिएको हो ।
हावा हुरीका कारण बारा र पर्षा जिल्लामा धेरै धनजनको क्षेति भएपछी त्यस क्षेत्रमा सबैले सहयोग गर्नका लागि प्रदेशका सांसदहरुले आवाज उठाएका छन् । सहयोग आफुहरुबाट गरेर अरुलाई पनि आवान समेत सांसदहरुले गरेका छन् ।