हेटौंडाको शिबम सिमेन्ट उद्योगमा आगलागी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ हटियामा रहेको शिबम सिमेन्ट उद्योगमा आज आगलागी भएको छ । सिमेन्ट उद्योगमा बिजुली सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको जनाएको छ ।
आगलागी अहिले नियन्त्रणमा आएको छ । प्रहरीका अनुसार, सिमेन्ट उद्योगको कोइला च्याम्बरमा आगलागी भएको हो ।
स्थानीय, प्रहरी, उद्योग कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ। आगलागीबाट खासै क्षेती भएको छैन ।