मल अभाबका कारण मकवानपुरका किसानको धान उत्पादनमा कमी
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–११ नवलपुरकी ३२ बर्षिय संगिता लामिछानेले आफ्नो ४ कठ्ठा खेतमा धान रोपेकी थिइन् । १ कठ्ठा बराबर ४ मुरी धान उत्पादन हुनुपर्नेमा यस बर्ष उनको खेतमा जम्माजम्मी ७ मुरी मात्रै धान उत्पादन भयो । असारको अन्तिममा रोपेको धानमा रसायनिक मल हाल्न नपाउ“दा धान कम फलेको लामिछानेको अनुमान छ ।
भरपुर उब्जनी लिन धान रोपेपछि कम्तिमा पनि २ देखि ३ पटकसम्म रसायनिक मल हाल्नु पर्ने कृषि विज्ञहरु बताउ“छन् । किसानलाई जब मल, बिउ तथा बिषादीको आवश्यकता पर्छ, तब हाहाकार हुन थाल्छ । यो बर्ष आवश्यकताको समयमा मल अभाव हुनु नै धानको उत्पादन घट्नुको मुख्य कारण मानिएको छ ।
हेटौंडा–११ का लामिछानेको मात्रै होइननु, नवलपुरक्षेत्रका अधिकांश किसानहरुको खेतमा धान उत्पादनमा कमि आएको पाइएको छ । अधिकाशं किसानको १ कठ्ठा खेतमा जम्मा २ मुरीको सरदरमा मात्रै धान उत्पादन भएको पाईएको छ । त्यस्तै बकैया गाउ“पालिका–४ गर्गरेका ४० बर्षिय दिपक चौलागाईंले पनि ९ कठ्ठा खेतमा धान रोपेका थिए ।
हरेक बर्ष ३० देखि ३५ मुरीसम्म धान उत्पादन गर्ने गरेका चौलागाईको खेतमा पनि यो पटक २४ मुरी मात्रै धान फलेको उनी बताउ“छन् । गाई वस्तुको मल प्रशस्त हालेको भएता पनि धानको लागि रसायनिक मल पनि उत्तिकै आवश्यक पर्ने रहेछ, चौलागाईंले भने । ‘गाई वस्तुको मल पर्याप्त मात्रामै हालेका थियौं, तर सोचेजस्तो धान उत्पादन भएन । रसायनिक मलले जस्तो काम नगर्ने रहेछ गाईवस्तुको मलले । दोस्रो पटक गोडेपछि युरिया मल हाल्नुपर्ने अनिवार्य नै थियो । तर, त्यही बेला मल पाउनै सकिएन ।
जताततै युरिया मलको हाहाकार भयो । सरकारले किसानलाई चाहिएको समयमा मल उपलब्ध गराउन नसक्नाले हामीजस्ता धेरै नेपाली किसानले क्षति ब्यहोर्नु परेको होला । मैले मात्र होइन यो गाउ“का प्रायःजसो किसानले धानमा युरिया मल हाल्न पाएका थिएनन् । त्यसैले सबैको खेतमा धानको उत्पादन सोचेअनुसारको उत्पादन लिन सकेनन ।
सोही गाउ“की २८ बर्षिय निर्मला बानिया“ले पनि आफ्नो खेतमा पनि बिगतका बर्षको तुलानामा धान कम फलेको गुनासो गरिन् । ८ कठ्ठा खेतमा यो पाली १८ बोरा मात्रै धान फल्यो । अरु समयमा २५ देखि ३० बोरा सम्म फल्ने गरेको उनको खेतमा युरिया मल प्रशस्त हाल्न नपाउ“दा धान कम उत्पादन भएको उनले दुखेसो गरिन् । धानलाई आवश्यक परेको समयमा युरिया मलको अभाव भएको कारण पनि मकवानपुर जिल्ला लगायत देशका अन्य जिल्लाहरुमा समेत यो बर्ष धान उत्पादन घट्न सक्ने कृषि बिज्ञहरुले बताउ“दै आएका छन् । मल हाल्न नपाउनु पीडा त किसानहरुलाई अवश्य पनि छ“दैछ । त्यसमाथि धानमा विभिन्न प्रकारका रोग लाग्नाले पनि किसानहरु चिन्तित बन्न पुगेका छन् । यसका एक पीडादायी उदारहण हुन्, इश्वर बस्नेत ।
हेटौंडामा मात्रै होइन । मल अभाबकै कारण जिल्लाका दश वटै स्थानीय तहका किसानले खेतमा लगाएको धान उत्पादनमा कमी आएको वताएका छन् ।
बकैयामा गाउ“पालिका वडा नम्बर ६ हिरामुनी निवासी ईश्वर बस्नेतले १ बिगाहा १५ कठ्ठा जग्गामा धान रोपेका थिए । सामान्य अवस्थामै धानको बिरुवा हुर्किएको थियो । बल्ल धान पसाउने बेला भयो, तब उनको खेतमा गबरा रोगले धानमा क्षती पु¥याउन थाल्यो । असारमा रोपेको कार्तिक महिनासम्म धान पाक्ने समय गर्दछ । तर, अहिले खेतहरुमा धान पाक्नको लागि पहेंलो हुनुपर्ने समयमा खेत पुरै नाङ्गो भएको छ ।
बस्नेतलाई यतिबेला रुनु कि हा“स्नु भएको छ । धान रोपेदेखि झण्डै ५० हजार खर्च भैसकेको उनको खेतको धान यो पालि ५ मुरी मात्रै भिœयाउन पाएकोमा बस्नेत परिवार निकै चिन्तित बनेका छन् । कति दुःख गरेर धान रोपेको थियौं । लगानी भएको जति पनि उठ्दैन अब । पहिला युरिया मल हाल्न नपाएर कति तनाब भयो । बल्ल बल्ल मल हाल्यौं । तर, धान आधा पनि फलेन ।
एकपटकको मेहनतले बर्षभरी खानुपर्ने अन्नमा रोग लागेर खेत बांझै हु“दा साह्रै पिर परेको छ, बस्नेतले भने । धान खेतमा रोग लागेपछि उनी र उनको परिवारलाई निकै पिर लागेको उनी बताउ“छन् । अघिल्लो बर्षहरुमा लोकल धान लगाउने गरेकोमा यो बर्ष हाइब्रिट धान लगाएको उनले बताए । यो रोगले लोकल धान भन्दा धेरै हाइब्रिट धानलाई असर पार्ने गरेको पाइएको छ ।
मकवानपुर जिल्लाको खासगरी मकवानपुरगढी गाउ“पालिका, बकैया गाउ“पालिका, हेटौंडा उपमहानगरपालिका, मनहरी गाउ“पालिकामा धेरै धान खेती हुने गरेको छ । मकवानपुरको खेती हुने कुल ११ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको बागमती प्रदेशको भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको तथ्याङ्क रहेको छ । मकवानपुरमा बर्षेनी ३ दशमलब ८ मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तर, यो पटक हरेक किसानको खेतमा धानको उत्पादनमा कमि आएको तथ्याङ्कलाई आंकलन गर्ने हो भने यो बर्ष कमै मात्रामा धान उत्पादन हुन सक्ने देखिन्छ ।
किसानहरुलाई आवश्यक पर्ने मल, जल तथा बिषादीको उचित व्यवस्थामा सरकारले ध्यान दिन नसक्नुले देशलाई नै समग्ररुपमा असर पर्न सक्ने किसानहरुले आक्रोस पोखेका छन् । कृषिप्रधान देश भएता पनि हरेक पक्षमा सरकार उत्तरदायी नबनेका कारण किसानहरुले संधंैयस्तै समस्याहरु खेप्न बाध्य भैरहनु परेको छ ।






