मकवानपुरगढीका महिला कृषि पेशाबाट आत्मानिर्भर बन्दै
हेटौंडा/ मकवानपुर जिल्ला औद्योगिक जिल्लाको नामले चिनिएता पनि यहा“का मानिसहरूको मुख्य पेशा कृषि नै हो । यहा“को कूल जनसंख्या मध्ये ८२.७५ कृषिमा र १७.३५ गैर कृषिमा संलग्न छन् । आर्थिक रूपले सक्रिय जनसंख्याको ५३.६५ कृषिमा र ४६.९४५ जनसंख्या गैर कृषि पेशामा संलग्न छन् ।
जिल्लाका १० वटै स्थानीय निकायका अधिकांश बासिन्दा कृषि पेशामा नै निर्भर रह“दै आइरहेका छन् । कतै कृषिमा आधुनिकरण भएको छ भने कतै किसानहरुको आफ्नै पुरानै शैलीमा कृषि उत्पादन हुने गरेका छन् । केही समय यता स्थानीय तहहरु समेत लागि परेर कृषिमा क्रान्ति ल्याउने तर्फ जोड दिन थालेका छन् । पालिकाले प्रदान गर्दै आएको बिभिन्न प्रकारका तालिम, कृषि औजार वितरण तथा अनुदान जस्ता क्रियाकलापले किसानको आत्माबल बढाउने काम अवश्य पनि गरेको छ ।
किसान र कृषि भन्ने बित्तिकै प्रायः पुरुषको काम भन्ने बुझ्ने हाम्रो समाजमा पछिल्लो समय महिलाहरु आफै मिलेर कृषिमा कायापलट गर्न सक्षम भएका थुप्रै उदारहणहरु देख्न सकिन्छ । महिलालाई स्वरोजगार बनाउन देशका सबै निकायले तालिम दिंदै आएका छन् । अधिकांश तालिमबाट महिलाले विषयगत ज्ञान मात्रै लिएका छन् । सरकारी निकायले महिलालाई सबल बनाउन दिंदै आएको तालिम कमै उपयोग भएको पाइन्छ ।
तर, मकवानपुरगढी गाउंपालिकाले दिएको एउटा तालिमले सिंगो गाउंकै महिलाको दैनिकी फेरिएको छ । श्रीमानको ज्याला मजदुर गरेर कमाएको पैसाले पेट पाल्दै आएका परिवार तालिम दिएपछि तरकारी उत्पादनदेखि सामूहिक नर्सरीसम्म जोडिएर
स्वरोजगार भएका छन् ।
मकवानपुरगढी गाउंपालिकाको एउटा महिला समूहले सामूहिक वन नर्सरी चलाएर उदाहरणीय काम गरेको छ । मकवानपुरगढी–४ मनकामना चोकभञ्ज्याङमा बन्दडा“डा कृषक समूह दर्ता गरी महिलाले नर्सरी चलाउ“दै आइरहेका छन् । समूहमा आबद्ध स्थानीय २६ महिलाको समूहले नर्सरीबाट बिरुवा उत्पादन गर्दै बिक्री पनि गरिरहेको छ । नर्सरीमा वनजन्य बिरुवा, घा“स र मौसमी तरकारीको बिरुवा उत्पादन गरिरहेको समूहकी अध्यक्ष जानुकामाया हमालले जानकारी दिइन् ।
गाउ“पालिकाको कृषि विकास शाखाको सहयोगले २०७५ मा समूह दर्ता भएको हो । गाउ“पालिकाले भञ्ज्याङका महिलालाई करेला खेतीसम्बन्धी तालिम दिएको थियो । तालिमलाई व्यवहारमा उतार्न कृषि विकास शाखाको पहल सार्थक भएको छ । सिप सिक्ने अवसर पाइयो भने महिलाले पनि पुरुषको भर परेर बस्न नपर्ने रहेछ भन्ने यो एउटा बलियो उदाहरण समेत हो ।
‘गाउ“पालिकाले दिएको तालिम लिएपछि हामीले आफैं नर्सरी चलाउने र तरकारी खेती गरेर आम्दानी गर्ने अठोटले अघि बढेका हौं । अहिले दैनिक ३ सय रुपैया“ कमाउन सक्ने भएका छौं’ समूहकी अध्यक्ष हमाल भन्छिन् । समूहिक वन नर्सरी मात्र होइन, समूहमै आबद्ध भएका महिलाहरूले व्यक्तिगत रुपमा तरकारी खेती पनि गर्दै आएका छन् । समूहमा आबद्ध २६ मध्ये करिब १२ देखि १४ जनासम्म महिलाले आफ्नो बारीमा तरकारी खेती गर्दै आएको समूहकी सचिव सरिता नेगीले बताइन् ।
मनकामनाका महिलालाई तरकारी खरिद गर्न हेटौंडा बजार आउनुपर्ने बाध्यता हटेको उनको भनाइ छ । तरकारी किनेर खानुपर्ने बाध्यता थियो । अब यहा“का महिलाले तरकारी किन्नकै लागि बजार गइराख्नु पर्दैन । धेरैले किसिमका तरकारी खेती गर्दै आएका छु उनले भनिन् ।
अध्यक्ष हमालका अनुसार तरकारी खेती गर्दै आएका महिलाले दैनिक ३ सय रुपैया“सम्म आम्दानी गरिरहेका छन् ।
उत्पादित तरकारी हेटौंडा बजारमा बिक्री हुने गरेको हमाल बताउ“छिन् । सबै बेरोजगार महिला अहिले स्वरोजगार भएका छन् । घर खर्च र बचत गर्न पुगेको छ । पुरुषको भरमा बस्नुपर्ने स्थिति छैन् उनले सुनाइन् । नर्सरी र तरकारी खेतीको लागि पानीको भने दुःख छ । महिलाले १ लाख ४० हजार रुपैया“ लागतमा खोल्सीबाट मोटरको सहायताले बारीसम्म पानी ल्याई पु¥याएका छन् । समूहले सञ्चालनमा ल्याएको नर्सरीमा अमला, तेजपत्ता, अशोक इपिलइपिल लगायतका करिब ४० हजार वनजन्य बिरुवा रहेको हमालले बताइन् । उक्त बिरुवा प्रतिगोटा १० रुपैया“ले दरले बिक्री भइरहेको उनको भनाइ छ ।
समूहले हालसम्म करिब ६ हजार बराबरको बिरुवा बिक्री गरिसकेको छ । उत्पादित बिरुवा समूहका सदस्यलाई भने निःशुल्क दिइने हमालले बताइन् । नर्सरी रेखदेख गर्न १ महिलालाई रोजगारीसमेत प्रदान गर्न उक्त समूह सफल भएको छ । रेखदेख गर्नेलाई वार्षिक ३० हजार र जग्गा भाडाबापत ३० हजार रुपैया“ तिर्नुपर्ने अध्यक्ष हमाल बताउ“छिन् ।
समूहले बन्दडा“डामै १० कट्ठा क्षेत्रफलमा अदुवा खेती पनि गरेको छ । करिब एक महिनापछि अदुवा बिक्रीका लागि तयार हुने हमालले बताइन् । नर्सरी मात्र होइन, आम्दानीका लागि समूहले अदुवा पनि लगाएको छ । आयस्रोत बढाउन हामी कृषिमा अझै योजना ल्याइरहेका छौैं’ हमालले भनिन् । वन विभागले आर्थिक सहयोग गरेपछि महिलाहरूले गत आर्थिक वर्ष २०७६/७७ देखि नर्सरी चलाएका हुन् ।
मकवानपुरगढी गाउ“पालिका कृषि विकास शाखाको सहयोगमा २०७५ मा दर्ता भएको समूहमा ३० जना महिला सदस्यहरु रहेका छन् । गाउ“पालिकाले महिलाको मेहनत देखेर समूहलाई हाते ट्याक्टर, कोदो झार्ने थ्रेसर, घा“स काट्ने र मकै पिस्ने मेसिनसमेत उपलब्ध गराएको मकवानपुरगढी गाउ“पालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरीले बताए ।
कृषिलाई यान्त्रिकीकरण गर्न गाउ“पालिकाले मेहनती महिलालाई सहयोग गरेको कृषि अधिकृत चन्द्रकान्त चौधरी बताउ“छन् । गाउ“पालिकाले कृषि उत्पादनमा लाग्ने कृषकलाई आर्थिकदेखि प्राविधिक सहयोग गर्दै आइरहेको उनले जानकारी दिए ।






