बुद्ध जन्मस्थल लुम्बिनी आउन थाले पर्यटक

जनपत्र
६ मंसिर २०७७, शनिबार ०६:२५

पर्यटक लागि गत ३ गते बुधबार बाट प्रसिद्ध पर्यटकीय स्थल लुम्बिनी क्षेत्र खुला गरिएपछि विस्तारै पर्यटकहरु यहाँ आउन थालेका छन । कोरोना भाइरस महामारीका कारण बन्द गरिएको लुम्बिनी क्षेत्र पर्यटकका लागि खुला गरिएपछी पर्यटकहरु भ्रमणका लागी आउन थालेका छन्। लुम्बिनीको प्रमुख मायादेवी मन्दिर भित्र भने जान दिइएको छैन । लुम्बिनी विकास कोषले प्रवेश शुल्क लिएपनि मायादेवी मन्दिर अवलोकनको लागि नखुलाइएको पाइएको छ।

ञप्रवेश शुल्क लिने तर, मन्दिरको ढोकामा ताल्चा लगाउने गरिएको छझस्थानीय तारा कटेलले भने,ञखै लुम्बिनी क्षेत्र खुलाउने निर्णय भयो। पर्यटक आउन थाल्नु भयो। तर, मायादेवी मन्दिर भने बन्द गरिएको छ । लुम्बिनी क्षेत्र पर्यटकका लागि खुला गरिएको भएपनि मायादेवी मन्दिर भने खुलाइएको छैन। बाहिर घुमेर पर्यटक फर्किने गरेका छन्। लामो समय सम्म बन्द भएको लुम्बिनी क्षेत्र खुला भएपछी भ्रमणका लागि पर्यटक पुग्न थालेका हुन्।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बुद्ध जन्मस्थल लुम्बिनी पनि खुला गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए। उनका अनुसार लुम्बिनी क्षेत्र खुला भएपनि मायादेवी मन्दिरभित्र प्रवेश पाइने छैन। तर मायादेवी मन्दिर परिसरमा रहेका अशोक स्तम्भ, पुष्करिणी पोखरी र बगैचा खुला रहेका छन्। चैत देखि यता मायादेवी मन्दिर परिसरमा मर्मतको काम भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*