घोराहीका विद्यालयहरु आइतबारदेखि सञ्चालनमा हुने
घोराही उपमहानगरपालिकाका विद्यालयहरू पर्सि ‘आइतबार’ देखि सञ्चालनमा आउने भएका छन् । कोभिड १९ को सङ्क्रमणको जोखिमका कारण गत चैतदेखि यहाँका विद्यालयहरु बन्द थिए ।
‘शुक्रबार’ बसेको घोराही उपमहानगरपालिका शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय तथा यातायात सञ्चालन गर्ने र एकै सिफ्टमा सञ्चालन हुने विद्यालयले बिहान १० देखि दिउँसो साढे ३ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । अन्य विद्यालयले सिफ्टअनुसार सञ्चालनको व्यवस्थापन गर्न सक्ने बताइएको छ । बैठकले एउटा बेञ्चमा दुई विद्यार्थी मात्र राख्ने निर्णय गरेको छ ।






