मकवानपुरमा कोरोनाका कारण मृत्यु हुने बढ्दै, आजै हेटौंडामा कोरोना संक्रमित महिलाको मृत्यु

जनपत्र
५ मंसिर २०७७, शुक्रबार ०९:०५

हेटौंडा । मकवानपुरमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने दर हिजो आज बढ्न थालेको छ । जाडो याम आएसंगै कोरोना संक्रमितको मृत्यु हुनेहरु बढ्दै गएका हुन् । मृत्युहुनेहरु धेरैजसो हेटौंडा, मनहरी र थाहा नगरपालिकाका रहेका स्वास्थ्यकर्मीहरुले वताएका छन् । यसैगरी आजै हेटौंडामा कोरोना भाइरस संक्रमित हुनु भएका एक जना बृद्धा महिलाको आज मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा कोरोना संक्रमित ६४ बर्षीया बृद्धाको घरमै मृत्यु भएको हो । कार्तिक २८ गते कोरोना पुष्टि भएकी उहाँको शुक्रबार बिहान मृत्यु भएको छिमेकीले वताएका छन् । उहाँको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*