पत्रकार महासंघ मकवानपुरका सचिब अधिकारीलाई कोरोना संक्रमण

जनपत्र
५ मंसिर २०७७, शुक्रबार ०७:०९

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका सचिब तथा रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेश दर्पण अधिकारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो साँझ प्राप्त रिपोर्टमा कोरोना पुष्टि भएको अधिकारीले वताउनुभयो ।

कोरोनाको लक्षण देखिएपछी मनहरी गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसनमा स्वाब दिएर हेटौंडाको प्रयोगशालामा परिक्षणको क्रममा उहाँमा कोरोना देखिएको हो ।

अहिले अधिकारी होम आइसोलेसनमा रहनु भएको छ । स्वास्थ्य अवस्था भने सामान्य रहेको उहाँले वताउनुभयो । केही दिन देखि आफ्नो सम्पर्कमा रहेकाहरुलाई सचेत रहन समेत उहाँले आग्रह गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*