मुख्यमन्त्री पौडेल संग घाईतेको पिडा–“सरकार बचाउनुस”

पिडा परेको बेला सबै सरकार एकै भएकाले घरबार बिहीन परिवार, घाईतेको उपचार र मृतक परिवारलाई राहत दिन तयार रहेको मुख्यमन्त्री पौडेलको भनाई ।
जनपत्र
१८ चैत्र २०७५, सोमबार १७:४३

हेटौंडा /प्रदेश नम्बर –३ का मुख्यमन्त्री डोरमणि पौडेल संग बारा र पर्षाका हावा हुरीका कारण घाईते भएकाहरुले आफुहरुलाई बचाउनका लागि आग्रह गरेका छन् । मुख्यमन्त्री पौडेल बाराको हावा, हुरी अति प्रभाबित गाउँको अबलोकनपछी बिरगन्जको नेष्लन मेडिकल कलेज र बाराको कलैया अस्पतालमा पुग्दा हावा हुरीबाट घाईते भएका पिडीतहरुले आफुहरुलाई सरकारले बचाउनुपर्ने बताए ।

निकै मलिन अनुहारमा आँखाभरी आसु पार्दै घाईते र तिनका आफन्तहरुले प्रदेश ३ सरकार संग पनि गुहार मागेका छन् । ठुलै पिडा परेको बेला प्रदेश २ सरकारले मात्र नसक्ने भएकाले पिडीत घाईतेहरुले प्रदेश ३ सरकारका मुख्यमन्त्री पौडेलसंग आग्रह गरेका हुन् ।

घाईतेहरुले आफुहरु अहिले दुख, पिडा र समस्यामा परेकाले प्रदेश ३ सरकारले पनि सहयोग गर्नका लागि आग्रह गरेका छन् । हावाहुरीबाट घाईते भएपनि आफुहरुलाई अब सरकारले बचाउनुपर्ने बताएका छन् । यता मुख्यमन्त्री पौडेलले प्रदेश २ सरकार संग समन्वय गरेर जस्तोसुकै सहयोग गर्नका लागि पनि आफुहरु तयार रहेको बताउनुभयो । आफ्ना लागि सबै प्रदेश एकै भएकाले घरबार बिहीन परिवार, घाईते र मृतकका परिवारलाई सहयोग गर्न तयार रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

हवाहुरी प्रभाबित क्षेत्रमा यस प्रदेशका आन्तरिक मामिला ताथ कानुन मन्त्री शालिकराम जमरकटेल, सामाजिक बिकाश मन्त्री युवराज दुलाल, तीन नम्बर प्रदेश सभाका सदस्य दिपक निरौला लगायतको टोलि पुगेको मुख्यमन्त्रीका प्रेश संयोजक प्रकाश दाहालले बताउनुभयो ।

हावाहुरीमा घाइते भएकाहरुको उपचारको आवश्यक व्यवस्था मिलाइएको : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारा र पर्सामा हावाहुरीमा परी घाइते भएकाहरुको औषधि उपचारको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले यो घटनामा घाइते हुनेहरुको औषधि उपचारको आवश्यक व्यवस्था मिलाइएको जानकारी दिनु भएको हो ।

सोमबार दिउँसो काठमाण्डौमा पत्रकार सम्मेलन गरी उहाँले घटनामा परी ४ सय ३ जना घाइते भएको र त्यसमध्ये गम्भीर घाइते ७ जनाको काठमाण्डौको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको पनि बताउनुभयो ।
आइतबार साँझ आएको हावाहुरीमा परी बारा र पर्सामा ठूलो धनजनको क्षति भएको थियो । यो घटनामा घाइते भएकाहरुको उपचारका लागि हेटौँडा र चितवनका चिकित्सकहरुको टोली पनि परिचालन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनु भयो ।

तस्बिर–मुख्यमन्त्री डोरमणि पौडेलका स्वकिय सचिब अनुप पौडेल ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*