बागमतीका मन्त्री नेपालद्वारा हाइटेक नसर्सरी र घरेलु कार्यालयको अनुगमन

जडिबुटी तथा वनजन्य १० लाख विरुवा उत्पादन गर्ने मन्त्रालयको लक्ष्य अनुरुप काम गर्न, गुणस्तरीय विरुवा उत्पादन गर्न तथा समयमै कार्य सम्पन्न गर्न निर्देशन
जनपत्र
४ मंसिर २०७७, बिहीबार १७:३४

हेटौंडा । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय अरुण नेपालले घरेलु तथा साना उद्योग कार्यालय, मकवानपुर तथा भित्रि मधेसको जिल्लाको लागि स्थापना भएको हाईटेक नर्सरीको अनुगमन गर्नुभएको छ ।

बिहिबार गरिएको अनुगमनको क्रममा उद्योग तथा वाणिज्य दर्ताको अवस्था, दैनिक सेवा प्रवाह, नागरिकलाई सहज तरिकाले प्रवाह गर्दा, बजार अनुगमन तथा काला बजारी नियन्त्रण, सेवा प्रवाहमा देखिएका समस्या लगायतका विषयमा जानकारी लिनु भएको थियो ।

जसमा घरेलु तथा साना उद्योग कार्यालयबाट कार्यालय प्रमुख जगन्नाथ दाहालले बजार अनुगमन, उद्योग तथा वाणिज्य दर्ता नविकरण, राजस्व सङ्कलन, वार्षिक कार्यक्रम कार्यान्वयन लगायतको विषयमा जानकारी गराउनु भएको थियो ।

साथै यस आर्थिक वर्षको पहिलो चौमासिकमा ३ करोड राजस्व संकलन गरिएको र यस वर्ष ९ करोड हाराहारीमा राजस्व सङ्कलन गर्ने अनुमान गरिएको तथा यो आर्थिक वर्षको यस अवधिसम्म हेटौंडा, मनहरी, थाहा नगर, बकैया लगायतका स्थानहरुमा बजार अनुगमन गरी ६ लाख बराबर जरिवाना गरिएको जानकारी गराउनु भएको थियो ।

अनुगमन तथा निरीक्षणको क्रममा मन्त्री नेपालले मूल्य सूची नराखी मालवस्तु बिक्री वितरण गर्ने माथि कडाई गर्न, म्याद नाघेको सामाग्री बिक्रि गर्ने माथि कारबाहि गर्न, कमसल सामाग्री विक्रि वितरणमा कडाई, तोकिएको लक्ष्य अनुसार वार्षिक स्वीकृत कार्यक्रम कार्यान्वयन गरी प्रगती हासिल गर्न, पारदर्शीता हुने गरी कार्य सञ्चालन गर्न, कार्यान्वयन गरिएको कार्यक्रमहरुको नियमित अनुगमन गर्न, नागरिकलाई छिटो, छरितो र सहज तरिकाले सेवा प्रवाह हुने व्यवस्था गर्न र कार्यालयको सरसफाई र व्यवस्थापन गर्ने सम्बन्धमा आवश्यक निर्देशन दिनु भएको थियो ।

त्यसै गरी मकवानपुरमा रहेको हाईटेक नर्सरीमा फलफूल, जडिबुटी तथा वनजन्य १० लाख विरुवा उत्पादन गर्ने मन्त्रालयको लक्ष्य अनुरुप काम गर्न, गुणस्तरीय विरुवा उत्पादन गर्न तथा समयमै कार्य सम्पन्न गर्ने सम्बन्धमा आवश्यक निर्देशन दिनु भएको थियो । अनुगमनको क्रममा मन्त्रालयका सचिव डा सिन्धु प्रसाद ढुंगाना लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*