मकवानपुरका पत्रकार गोकर्ण गौतमको निधन

जनपत्र
४ मंसिर २०७७, बिहीबार १६:४९

हेटौंडा । मकवानपुरको बकैयाँ गाउँपालिका घर भएका पत्रकार गोकर्ण गौतमको निधन भएको छ ।

मष्तिष्कको नशामा समस्या आएपछि शल्यक्रिया गर्दा रक्तश्राव भइ उहाँको बिहीबार बिहान निधन भएको हो । कला,साहित्य सम्बन्धी कलम चलाउँदै आएका पत्रकार गौतमको बिहीबार बिहान साढे ११ बजे बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस न्युरो अस्पतालमा निधन भएको हो ।

मष्तिष्कको नशामा समस्या आएपछि उहाँ सोमबार अस्पताल भर्ना हुनुभएको थियो । ३१ वर्षीय पत्रकार गौतम समसामियक विषयवस्तु तथा सामजिक विषयहरुमा पनि कलम चलाउनुहुन्थ्यो। यसअघि उहाँनेपाल साप्ताहिकमा कार्यरत हुनुहुन्थ्यो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*