हेटौंडामा पुर्वाधार विकासलाई प्राथमिकता, स्वास्थ्य र शिक्षाका भवन निर्माणमा जोड

जनपत्र
४ मंसिर २०७७, बिहीबार ०६:५९

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा पूर्वाधार विकासका कामले प्राथमिकता पाएका छन् । पूर्वाधार विकासमा पनि पहिलो प्राथमिकतामा स्वास्थ्य र शिक्षाका भवन निर्माणलाई जोड दिइएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । वितेको आर्थिक वर्षमा स्वास्थ्य र शिक्षाका भवन मात्र ३७ वटा निर्माण भएका छन् ।

चालु आर्थिक वर्षमा पनि स्वास्थ्य र शिक्षालाई वढी जोड दिइएको मेयर महतले वताउनुभयो । वितेको आर्थिक वर्षमा उपमहानगरपालिका मार्फत ८ वटा स्वास्थ्य कार्यालयका पूर्वाधार निर्माणका काम भएका छन् । यसका लागि कुल २ करोड ८५ लाख ५३ हजार रुपैयाँ खर्च गरिएको मेयर महतले वताउनुभयो । धेरैजसो शहरी स्वास्थ्यचौकीका भवन निर्माण, मर्मत लगायतका काम भएका छन् ।

यसैगरी शिक्षा क्षेत्रमा २९ वटा भवन निर्माण भएको उहाँले वताउनुभयो । यसका लागि एक करोड ४६ लाख ६२ हजार रुपैयाँमा निर्माण गरिएको हो । वितेको आर्थिक वर्षमा ८ वटा गुम्वा निर्माण गरिएको छ । ३४ वटा मन्दिर निर्माण गरिएको छ । अन्य पूर्वाधारका काम ११ वटा, मदरसा भवन १ वटा, तटवन्धन १० वटा, पुल १ वटा, सिंचाइ १ वटा निर्माण भएको उहाँले वताउनुभयो ।

हेटौंडामा शैक्षिक, खानेपानी, पर्यटन, खेलकुद पुर्वाधारमा यस्ता छन् काम

हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रमा विभीन्न पूर्वाधार विकासका कामलाई तिव्रता दिइएको छ । बिशेषगरी शैक्षिक, खानेपानी, पर्यटन, खेलकुद पुर्वाधारमा जोड दिइएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

बितेको आर्थिक वर्षमा खानेपानी पुर्बाधारका नौ वटा काम गरिएको छ । यसका लागि कुल ६० लाख ६० हजार रुपैयाँमा काम गरिएको छ । त्यसैगरी शैक्षिक पुर्वाधारमा २९ वटा काम गरिएको मेयर महतले वताउनुभयो । शैक्षिक पूर्वाधारका क्षेत्रमा कुल एक करोड ४६ लाख ६२ हजार रुपैयाँमा काम गरिएको छ ।

पर्यटन पूर्वाधारमा वितेको आर्थिक वर्षमा ६ वटा काम गरिएको उहाँले वताउनुभयो । स्थानीय वासिन्दाहरुको जनसहभागिता सहित ४६ लाख ३३ हजार रुपैयाँ लागतमा काम गरिएको हो । त्यसैगरी खेलकुदका क्षेत्रमा पनि धेरै खालका काम गरिएको मेयर महतले वताउनुभयो । खेलकुदमा स्थानीय वासिन्दाको जनसहभागिता सहितमा ८ वटा काम गरिएको छ । २७ लाख ९६ हजार रुपैयाँ खर्च गरिएको हो ।

हेटौंडामा एक वर्षमा ३१ हजार मिटर सडक स्लाब ढलान, एक हजार मिटर कालोपत्रे

हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडामा वितेको आर्थिक वर्षमा ३१ हजार ५ सय ७५ मिटर सडक स्लाब ढलान गरिएको छ । उपमहानगरपालिका क्षेत्रमा कच्ची रहेका सडकलाई पक्की वनाउने अभियान अनुसार ३१ हजार मिटर भन्दा धेरै सडकमा स्लाब ढलान गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । कच्ची सडकलाई पक्की वनाउने अभियान अनुसार एक हजार १ सय एक मिटर सडकलाई कालोपत्रे गरिएको छ ।

उपमहानगरपालिका क्षेत्रको कच्ची सडकलाई पक्की निर्माण गर्न सबै भन्दा धेरै खर्च गरेको मेयर महतले वताउनुभयो । स्थानीय उपभोक्ता सहितको जनसहभागितामा वितेको एक आर्थिक वर्षमा स्लाब ढलानमा मात्र कुल ४० करोड ९५ लाख २ हजार रुपैयाँ खर्च लागेको छ । त्यसमा जनसहभागितामा पनि काम गरिएको छ ।

त्यसैगरी सडक कालोपत्रे गर्नका लागि स्थानीय उपभोक्ताको जनसहभागिता समेत गरेर ८ करोड ५६ लाख २ हजार रुपैयाँ लागेको मेयर महतले वताउनुभयो । हेटौंडाका धेरै सडकमा पानी जम्ने र कालोपत्रे सडक छिटो उप्कने भएकाले सडकमा स्लाब ढलानको कामलाई पढी प्राथमिकता दिइएको उहाँले वताउनुभयो । साविकका हेटौंडाका ११ वटा वडा संगै पछी थपीएका समेत गरेर १९ वटै वडामा सडक पक्की वनाउने कामले प्राथमिकता पाएको उहाँले वताउनुभयो ।

हेटौंडामा १५ किलोमिटर ७४५ मिटर सडकको नयाँ ट्रयाक खोलीयो

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले वनीसकेका सडकलाई पक्की वनाउने कामसंगै पछी थपीएका वडाहरुमा नयाँ सडक पुर्याउने काम पनि गरेको छ । बितेको एक आर्थिक वर्षको अवधिमा १५ किलोमिटर ७ सय ४५ मिटर सडकको नयाँ ट्रयाक ओपन गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिनुभयो ।

नगरवासी भएपनि सडकको सुविधा नपुगेका गाउँ टोलमा सडक पुर्वाधार निर्माण गरिएको उहाँले वताउनुभयो । बितेको एक आर्थिक वर्षमा ४४ लाख ९४ हजार रुपैयाँ कुल लागतमा नयाँ सडक निर्माण गरिएको हो । यसमा स्थानीय उपभोक्ताको पनि जनसहभागिता रहेको छ । हेटौंडाको वडा नम्बर १, ३, १९, १५, १६, १८ लगायतका क्षेत्रमा नयाँ सडक निर्माण गर्ने कामलाई पनि तिव्रता दिइएको छ ।

एक वर्षको अवधिमा कच्ची सडक भएका कारण खाल्डाखुल्डी भएका, पानी जम्ने हिलो हुने, दुर्घटनाको जोखिम भएका, भर्खर ट्रयाक ओपन भएका सडकमा ग्राभेल गर्ने काम पनि तिब्र गतिमा भएको मेयर महतले वताउनुभयो । यो अवधिमा २३ हजार ३ सय ६६ स्थानमा सडकमा ग्राभेल हाल्ने काम गरिएको छ । यो संगै उपमहानगरपालिकाको टिप्परले पनि सडकमा ग्राभेल हाल्ने गरिएको छ । कुल ८० लाख ७८ हजार रुपैयाँ लागतमा सडकमा ग्राभेल भर्ने काम गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*