मकवानपुरका दुइजना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु

जनपत्र
३ मंसिर २०७७, बुधबार ०७:३३

हेटौंडा । मकवानपुर जिल्लाका दुइजना पुरुष कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अरु रोग नभएको र कोरोना संक्रमण भएपछी स्वास प्रस्वासमा समस्या भएकाले मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाइले वताउनुभयो । स्पष्ट ठेगाना नखुलेका बकैया र हेटौंडाका ५४ र ४८ वर्षिय पुरुषमा कोरोना संक्रमणबाट मृत्यु भएको उहाँले वताउनुभयो ।

निमोनिया र स्वास् प्रस्वासमा समस्या भएपछी ५४ वर्षिय पुरुषलाई भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । भर्ना गरिएकै दिनमा उहाँको मृत्यु भएको हो । यसैगरी ४८ वर्षिय पुरुषलाई कोरोना संक्रमणका कारण कार्तिक २१ गते भर्ना गरिएकोमा मंसिर १ गते टिकाको दिनमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*