ओली सरकार विघटन भए लोकतन्त्रमा असर पर्छ : मसाल

जनपत्र
२ मंसिर २०७७, मंगलवार १९:४४

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले केपी ओली नेतृत्वको सरकारको स्थायित्वमा जोड दिएको छ । सत्तारुढ नेकपामा फुट भएमा वा यो सरकार विघटन भएमा त्यसको दुष्परिणाम लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि पर्ने र प्रतिगमनलाई फाइदा पुग्ने मसालको ठहर छ ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेकपाभित्रको अन्तरसंघर्षको परिणामस्वरुप नेकपामा फुट हुन्छ वा त्यसको सरकारको विघटन हुन्छ भने त्यसको दुष्परिणाम लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र राजनीतिक स्थिरतामा पनि पर्ने सम्भावना रहनेछ ।’

सिंहले अगाडि भनेका छन्, ‘त्यस्तो हुन नदिनका लागि हामीले लगातार नेकपाको एकता तथा सरकारको स्थायित्वमा जोड दिंदै आएका छौँ र अहिले पनि हाम्रो त्यो नीति कायम छ ।’

महामन्त्री सिंहले लामो वक्तव्य जारी गर्दै भनेका छन्, ‘जुन तत्वहरुले गणतन्त्र वा धर्मनिरपेक्षतालाई खत्तम गर्न चाहन्छन्, उनीहरु नेकपाभित्र देखा परेको अन्तरसंघर्षबाट प्रसन्न नै भइरहेका छन् र उनीहरुले यो चाहन्छन् कि त्यो अन्तरसंघर्षको परिणामस्वरुप नेकपामा फुट होस् र त्यसको सरकारको विघटन होस् ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*