२ लाख नगद र झण्डै ८ लाखको चेकसहित काठमाण्डौबाट सात जुवाडे पक्राउ
काठमाण्डौ – काठमाण्डाैको कुलेश्वरमा नगद दुई लाख र सात लाखको चेक सहित ७ जना जुवाडे पक्राउ परेका छन् ।
काठमाण्डौ महानगरपालिका १४ काे कुलेश्वरमा शिव श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरू साेमबार बेलुका पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा काभ्रेका यादव चौलागाईँ, धादिङका राजु पौडेल, चितवनका राजीव श्रेष्ठ, केशवप्रसाद मुडवरी, बाराका श्याम तामाङ र कैलालीका प्रेम बडवाल रहेका वृत्तका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) अपिलराज बोहराले बताउनुभयो ।






