४ किलाे ८९० ग्राम चरेससहित पर्सामा दुई जना पक्राउ
पर्सा – पर्सामा सोमबार चार किलो आठ सय ९० ग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका १६ को मितेरीपुल नजिकै वीरगञ्ज महानगरपालिका ३ को छप्कैयाका २८ वर्षीय अभिषेक श्रीवास्तव र वडा नं. ५ का २३ वर्षीय धिरज पटेललाई पक्राउ गरेको हो ।
उनीहरुलाई वडा प्रहरी कार्यालय विर्तामा ल्याइ थप अनुसन्धान भइरहेको छ ।






