बागमती प्रदेशमा २३ हजार ६६५ जना कोरोना संक्रमितले तिहारको टिका लगाउन पाएनन्

टिकाको दिन सम्म मकवानपुरका ६४१ जना होम आइसोलेसनमा ।
जनपत्र
१ मंसिर २०७७, सोमबार ०८:११

हेटौंडा । कोरोना भाइरस संक्रमणका कारण संस्थागत र होम आइसोलेसनमा रहेकाहरुले तिहारको टिका लगाउन पाएनन् । तिहारको समयमा पनि कोरोनाका कारण आइसोलेनमका रहेकाहरुले दाजु भाइ र दिदी बहिनीहरुको तिहारको टिका लगाउन पाएनन् । आजको दिन सम्म बागमती प्रदेशमा २३ हजार ६ सय ६५ जना कोरोना संक्रमितले तिहारको टिका लगाउन नपाएका हुन् ।

कोरोनाका कारण तिहारको टिका लगाउन नपाएका संक्रमित चिन्तीत छन् । आफ्ना दाजुभाइ र दिदी बहिनी कोरोना संक्रमित भएपछी टिकामा सहभागि हुन नसकेको उनीहरुले वताएका छन् । आजको दिनमा २३ हजार जना भन्दा धेरै आइसोलेनमा रहेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाईले वताउनुभयो ।

आजको दिनमा २ सय ९८ जना क्वारेन्टीनमा, एक हजार २ सय ५१ जना होम क्वारेन्टीनमा, ३ हजार ६ सय ३५ जना संस्थागत आइसोलेसनमा र १८ हजार ४ सय ८१ जना होम आइसोलेनमा रहेको उहाँले वताउनुभयो । यसैगरी मकवानपुरमा होम आइसोलेसनमा ६ सय १९ जना र संस्थागत आइसोलेसनमा २२ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*