यसपालिकाे तिहारमा झण्डै १ अर्ब रुपैयाँको मात्रै भाइमसला आयात
काठमाण्डौ – यसपालिकाे तिहारमा झण्डै १ अर्ब रुपैयाँ बराबरको भाइमसला आयात भएको छ ।
कोरोना भाइरस सङ्क्रमणका कारण यो वर्ष भाइमसलाको कारोबार र आयात दुवै घटेको अध्यक्ष श्रेष्ठको भनाइ छ । यो वर्ष कारोबार पनि आधा नै घटेको छ । भाइमसलामा प्रयोग हुने सामग्रीमध्ये ८५ प्रतिशतभन्दा धेरै विदेशबाट ल्याउनुपर्ने बाध्यता रहेको छ ।
विदेशबाट आयात कम भए पनि यो वर्ष भाइमसलाको मूल्य भने घटेको व्यवसायीहरूले बताएका छन् । कोरोना सङ्क्रमणका कारण आयात र कारोबार कम हुँदा पनि भाइमसलाको मूल्य घटेको हो ।






