तीन महिनामा सरकारले पायो झण्डै ७८ अर्ब रुपैयाँ विदेशी ऋणको प्रतिबद्धता
काठमाण्डौ – नेपालमा वैदेशिक सहायता प्रतिबद्धता झण्डै साढे चार सय प्रतिशतले बढेको छ ।
वैदेशिक प्रतिबद्धतामध्ये ७७ अर्ब ७२ करोड ऋण र सात अर्ब ९८ करोड रुपैयाँ अनुदान रहेको छ । पोहोर तीन महिनामा जम्मा १५ अर्ब ६७ करोड रुपैयाँको मात्रै प्रतिबद्धता आएको थियो ।
वैदेशिक सहायता प्रतिबद्धतामध्ये सुशासन क्षेत्रको लागि ६३ प्रतिशत, ऊर्जामा ३३ प्रतिशत र शिक्षामा दुई र पुनर्निर्माण तथा कोरोना रोकथाममा एक/एक प्रतिशत रहेको छ ।






