एक करोड लागतमा प्रदेश प्रहरी कार्यालय हेटौंडामा भवन निर्माण

सभा, सम्मेलन र बिभीन्न खेलकुदका गतिबिधी सञ्चालन गर्नका लागि बहुउदेस्य भवन उपयोगि ।
जनपत्र
२८ कार्तिक २०७७, शुक्रबार १०:१९

हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको परिषरमा नब निर्मित बहुउदेस्य भवनको आज उद्घाटन् गरिएको छ । भवनको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यस भवनमा सभा, समारोह, खेलकुद लगायतका सबै खालका कार्यक्रम गर्न मिल्ने वताउनुभयो ।

एक जना व्यक्ति सक्रिय हुँदा बहुउदेसीय भवन निर्माण भएको वताउँदै मेयर महतले भन्नुभयो–‘डिआइजी बसन्तकुमार लामाको सक्रियतामा यस अघि पनि काम भएको र अहिले पनि महत्वपुर्ण काम भएको छ ।’ यस भबन निर्माणका लागि उपमहानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गरेको तर, एक करोड भन्दा धेरै लागतमा भवन निर्माण भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । अझै पनि यस भवन वरपर इन्टरलक गर्न, हरियाली बनाउनका लागि सहयोग गर्न तयार रहेको मेयर महतले वताउनुभयो । प्रहरी परिषर भित्र महत्वपुर्ण र राम्रो काम थोरै समयमा भएको उहाँले वताउनुभयो ।

कुल एक करोड एक लाख रुपैयाँ लागतमा निर्माण भएको यस भवनमा प्रहरीका सभा, सम्मेलन, प्रशिक्षण, आन्तरिक गतिबिधी, व्याडमिन्टन, टेवलटेनिस, जिम लगायतका भित्र हुने सबै खालका खेलकुदका गतिबीधीहरु गर्न मिल्ने छ ।

कार्यक्रममा प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामाले उपमहानगरपालिकाको सहयोगबाट सुरु गरिएको यस भवनमा धेरै खालका गतिबीधी गर्नका लागि सहयोग पुगेको वताउनुभयो । बिभीन्न निकायको सहयोगबाट निर्माण सम्पन्न भएको यस भवन निर्माण प्रहरीकै जनसक्तिबाट गरिएको वताउनुभयो ।

पहिले खेलकुदका कार्यक्रम र अरु कार्यक्रम गर्न बाहिर अप्ठेरो संग गर्नुपर्ने भएपनि अहिले भने सहज भएको डिआइजी लामाले वताउनुभयो । बहुउदेस्य भवन प्रहरी–समुदाय साझेदारी अनुसारनै निर्माण गरिएको वताउनुभयो । भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*