जवान राख्छ हरियो खुर्सानीले, यी रोगबाट पनि बचाउँछ !

जनपत्र
२८ कार्तिक २०७७, शुक्रबार ०७:१७

भनिन्छ पीरो खाना स्वादिष्ट हुँदैन । तर के तपाईलाई त्यहि पिरो बनाउने हरियो खुर्सानीका फाइदाहरुको बारेमा थाहा छ रु यदि छैन भने आज हामी तपाईलाई त्यसका अनगिन्ती फाइदाका बारेमा जानकारी दिनेछौँ । हरीयो खुर्सानीमा आइरनको साथै एन्टी अक्सिडेन्ट्स प्रोपर्टीज पनि पाइन्छ । यसले शरीरका कोशिकाहरुलाई बुढो बन्नबाट रौक्छ ।

साथै यसले स्वास्थ्यलाई स्वस्थ राख्छ । एक्सपर्ट्सका अनुसार हरीयो खुर्सानीमा फाइटो न्यूट्रिएन्ट्स पाइन्छ । यो फाइटो न्यूट्रिएन्ट्सले हाम्रो छालाको दाग हटाउँछ । साथै त्यसमा चमक ल्याउँछ । यसले शरीरमा ब्लड सर्कुलेशनलाई तीव्र बनाउँछ । साथै यसमा पाइने क्योटीनले आँखाको ज्योती बढाउन सहयोग गर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*