कारमा लुकाइराखेको ८० केजी गाँजा हेटौंडाबाट बरामद

हेटौंडा । मकवानपुर प्रहरीले ८० किलो लागु औषध गाँजा सहित एक कार बरामद गरेको छ । प्रहरीले आज बिहान हेटौंडा उपमहानगरपालिका वडा नंबर १० बाट उक्त गाँजा सहित कार बरामद गरेको हो ।
प्रहरी चौकी भुटनदेवीबाट गस्तीमा रहेको प्रहरी टोलीलाई देखेर भागेको बा ६ च १४७६ नंबर को कार शंका लागी खोजतलास गर्ने क्रममा उक्त कार वडा नंबर१० भुटनदेवी मन्दीर जाने सडकमा कार पार्किङ गरी राखेको अवस्थामा भेटिभएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
स्थानिय जनप्रतिनिधिको रोहवरमा कारको लक तोडी चेकजाँच गर्दा उक्त कारको डिकीमा लुकाई छिपाई ल्याएको लागु औषध गाँजा ८० किलो फेला परेको हुँदा गाँजा, कार र केही कागजात बरामद गरी जिल्ला प्रहरी कार्यलय मकवानपुर ल्याईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए ।
कार जिल्ला प्रहरी कार्यालयमा ल्याईएको र फरार व्यक्तिको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।