मकवानपुरमा आज एकै दिन ५१ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
२६ कार्तिक २०७७, बुधबार १९:३३

हेटौंडा । मकवानपुरमा आज एकै दिन बिहान र साँझ गरी ५१ जनामा कोरोना र्संक्रमण पुष्टि भएको छ । जिल्लामा आज साँझ २४ जनामा कोरोना पुष्टि भएको छ। बिहान २७ जनामा कोरोना पुष्टि भएको थियो । साँझ ९ महिला र १५ पुरुषमा संक्रमण पुष्टी भएको हो ।

कार्तिक २६ गते संकलन गरिएको स्वाबको हेटौँडा–१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको ६२ जनाको परीक्षणमा २४ जनामा कोरोना पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।

आज बिहान भने १० महिला १७ पुरुष रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक चौलागाईले वताउनुभयो । ७५ जनाको स्वाबमा २७ जनामा मात्र कोरोना पुष्टि भएको हो। जुन संक्रमितको संख्या ३६ प्रतिशत रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*