मनहरीको विकट रुपाचुलीमा बल्यो विजुली, स्थानीयमा खुसीयाली

जनपत्र
२५ कार्तिक २०७७, मंगलवार ०८:४७

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ रुपाचुलीमा झलमल्ल विजुली बलेको छ । विजुली बलेपछी स्थानीय वासिन्दाहरु निकै खुसी भएका छन् । मनहरी गाउँपालिकाको सबै भन्दा विकट मानिने रुपाचुलीमा फलामे पोल गाढेर विजुली बालिएको हो ।

सामान्य पूर्वाधार खानेपानी, सडक, विजुलीको सधैको समस्या भोग्दै आएका यहाँका नागरिकका लागि मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाको पहलमा विजुली बालेपछी खुसी भएका हुन् । मनहरी ६ को रुपाचुलीको चुहार भञ्ज्याङबाट बालभञ्ज्याङ सम्म ३६ लाख रुपैयाँ लागतमा पोल गाढेर तार तान्दै विजुली वाललिएको हो ।

अहिले भने एक करोड रुपैयाँ लागतमा रुपाचुलीबाट फरीवाङ सम्म विधुत विस्तारका लागि काम भइरहेको छ । अहिले सकिएको योजना र अब सञ्चालन हुने लागेको विधुत विस्तारको काम सांसद खतिवडाको पहलमा संघीय सरकारको लगानीबाट यस क्षेत्रमा भएको स्थानीय वासिन्दाहरु वताउँछन् । यही योजना अनुसारनै मनहरी गाउँपालिकाको वडा नम्बर ७ मनहरी बजार क्षेत्रमा पनि एक करोड रुपैयाँ लागतमा काठका पोल हटाउँदै विधुत विस्तारका काम हुँदै छ ।

मनहरीको विकट गाउँमा पुगेको विजुलीको स्वीच थिचेर सांसद खतिवडाले उद्घाटन् गर्नु भयो । सामान्य आवस्यक्ता समेत नभएको यस गाउँमा चुनाबमा गरिएको प्रतिवद्धता मात्र पुरा गरेको उहाँले वताउनुभयो । यस क्षेत्रमा बिधुत, सडक र खानेपानीको काम गर्न पहल भइरहेको उहाँले वताउनुभयो ।

यस गाउँसंगै राक्सीराङ गाउँपालिकामा उज्यालो कार्यक्रमका लागि बजेटबाट विधुत विस्ताको काम भइरहेको सांसद खतिवडाले वताउनुभयो । बिजुली चारेर नबाल्नका लागि आग्रह गर्दै उहाँले भन्न्ुभयो–‘थोरै विधुत खपत गर्नेलाई सरकारले निशुल्क विधुतको व्यावस्था गरेको छ । विपन्न बर्गलाई निशुल्क मिटर वितरणको कार्यक्रम पनि छ । त्यती हुँदा हुँदै पनि किन विधुत चोरेर बाल्नुपर्यो ?’

मकवानपुरका विकट क्षेत्रका नागरिकलाई गाँजा खेती गर्न सक्ने कानून बनाउनका लागि पहल भइरहेको वताउँदै सांसद खतिवडाले भन्नुभयो–‘आफ्ना बारीमा अहिले भने गाँजा लगाउनका लागि प्रतिवन्ध छ । गाँजा लगाउने र प्रसोधन गरेर विदेशमा महगोमा बिक्री गर्न सक्नेगरी कानून निर्माणको लागि पहल भइरहेको छ ।’

कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले मनहरीको विकट मानिने रुपाचुलीमा विकासको मुल फुटेको वताउनुभयो । यस क्षेत्रमा पाटीले चुनाबका वेलामा गरेका प्रतिबद्धता अनुसार काम भइरहेको वताउनुभयो । आफुहरु जेभन्ने त्यो काम पुरा गरेरै छाड्ने अभियानमा लागेको उप्रेतीले वताउनुभयो । यस क्षेत्रको सडक निर्माणका लागि २ करोड रुपैयाँको ठेक्का लागिसकेको उहाँले वताउनुभयो । कार्यक्रममा नेपाल विधुत प्राधिकरण हेटौंडाका प्रमुख योगेन्द्र ठाकुर, मनहरी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष नविन सुवेदी लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*