हेटौंडा–१८ दोभानचौरमा ६८ लाखमा बिद्यालय भवन निर्माण सुरु

जनपत्र
२५ कार्तिक २०७७, मंगलवार ०८:२२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ दोभानचौरमा रहेको कमला देवि आधारभूत विद्यालयको भवन निर्माण गर्न सुरु गरिएको छ । राष्ट्रिय पून निर्माण प्राधिकरण अन्तरगतको डीएलपीआइयु शिक्षाले विद्यालयको भवन निर्माण गर्न सुरु गरेको हो । बिद्यालय भवनको शिलान्यास गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले भुकम्पपछी विद्यालय क्षेत्रमा राम्रो काम भएको वताउनुभयो ।

भुकम्पपछी विद्यालयमा पक्की भवन निर्माणमा महत्वपुर्ण काम भएको र अझै पनि यो कामले तिब्रता पाएको वताउनुभयो । कुल ६८ लाख रुपैयाँ लागतमा भवन निर्माण सुरु गरिएको हो । भुकम्पपछी मकवानपुरका दश वटै स्थानीय तहमा बिद्यालयका भवनको पुनर संरचना निर्माणले तिब्रता पाएको छ ।

कार्यक्रममा हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानियाँ, डीएलपीआइयु शिक्षा मकवानपुरका प्रमुख बद्री बहादुर पाठक, उपमहानगरपालिका मेयरका राजनीतिक सल्लाहकार नरहरी महत लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*