हेटौंडाका वडा कार्यालय भवन धमाधम बन्दै

जनपत्र
२५ कार्तिक २०७७, मंगलवार ०८:०६

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका वडा कार्यालय भवन धमाधम बन्दै गएका छन् । पहिले समस्याका विच भाडाका घरमा वस्दै आएका वडा कार्यालय भवन उपमहानगरपालिकाले निर्माण गर्दै लगेको हो । पहिले साबिकका ११ वटा वडामा वडा कार्यालय भवन निर्माण भएपनि पछी थपीएका वडामा समस्या भएको थियो ।

यही समस्यालाई मध्यनजर गर्दै वडा कार्यालयको भवन निर्माण तिब्रता दिइएको छ । यही अभियान अनुसार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को वडा कार्यालय भवन निर्माण गर्न सुरु गरिएको छ । भवन अभाब हुँदा समस्या बेहोर्दै आएको वडा कार्यालय भवनको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गर्नुभयो । भवनको शिलान्यसा गर्दै मेयर महतले नगरका १९ वटै वडा कार्यालय, स्वास्थ्य कार्यालयका भवन आफ्नै निर्माण गर्ने अभियानमा लागिएको वताउनुभयो ।

कुल ६५ लाख लागतमा वडा कार्यालय भवन निर्माण गर्न सुरु गरिएको हो । वडा कार्यालयको आफ्नै भवन भएपछी भाडाको घरमा वस्नुपर्ने समस्या हट्ने भएकाले जग्गा उपयुक्त स्थानमा पाएसम्म वडा कार्यालयको भवन निर्माण गर्न लागिएको मेयर महतले वताउनुभयो । कार्यक्रममा हेटौंडा १४ का वडा अध्यक्ष दिपक खड्काले अव आफ्नै भवन निर्माण गरेर नागरिकलाई सेवा दिने वताउनुभयो । यस क्षेत्रमा कच्ची रहेको सडक निर्माणको काम पनि सुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*