मकवानपुरमा आज थप ३३ जनामा कोरोना संक्रमण पुष्टि
हेटौंडा । मकवानपुर जिल्लामा आज बिहान थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ जना महिला र २२ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा हेटौंडामा सबै भन्दा धेरै, मकवानपुरगढी र बागमती गाउँपालिकामा संक्रमित थपिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्ष्क भोला चौलागाईले वताउनुभयो ।







