बागमती प्रदेशमा बर्डफ्लू रोग नियन्त्रण समन्वय समिति गठन

जनपत्र
२४ कार्तिक २०७७, सोमबार १३:२७

हेटौंडा । बागमती प्रदेश स्तरिय बर्ड फ्लू रोग नियन्त्रण समन्वय समितिको कार्यशाला बैठक आज हेटौंडामा भएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाको आयोजनामा बैठक भएको हो ।

बैठकले बागमती प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिब डाक्टर मनिता जोशी बैद्यको अध्यक्षतामा ११ सदस्य समिति गठन गरेको छ । यसका सदस्यहरुमा प्रदेश स्तरका चार वटै सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्य र कृषि निर्देशनालयका प्रमुखहरु लगायतका रहेको समिति गठन गरिएको हो । त्यसैगरी बैठकले बर्ड फ्लु नियन्त्रण २०६४ को चौथो संसोधनको आवस्यक संसोधनका लागि पशु सेवा विभाग र कृषि तथा विकास मन्त्रालयलाई पठाउने निर्णय गरिएको छ ।

मन्त्रालयका सचिब मनिता जोशी बैद्यको अध्यक्षतामा भएको बैठकमा समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । बैठकलाई संंबोधन गर्दै उहाँले बर्ड फ्लुले गर्दा मानव स्वास्थ्यमा धेरै असर गर्ने हुँदा यसलाई देखा पर्ने वित्तिकै नियन्त्रणका लागि आग्रह गर्नुभयो । बर्डफ्लुले कुनैपनि बेलामा समस्या पर्न सक्ने भएकाले यसमा ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका निर्देशक डाक्टर रामप्रकास प्रधानले हाल सम्म नेपालका बर्ड फ्लू पीडित किसानका लागि २३ करोड रुपैयाँ भन्दा बडी वितरण गरिसकेको वताउनुभयो ।

बैठकमा मध्य पृतना हेडक्वाटर हेटौंडाका प्रतिनिधि, प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक बसन्त कुमार लामा, सशस्त्र प्रहरी बल बागतमती प्रदेशका डिआइजी मन्दिप श्रेष्ठ, प्रदेशको कृषि विकास निर्देशनालय हेटौंडाका प्रमुख रविन्द्र बहादुर प्रधान, प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक रमेश प्रसाद अधिकारी लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*