पर्साको थप तीन स्थानमा सशस्त्र प्रहरीको बिओपी स्थापना

जनपत्र
२४ कार्तिक २०७७, सोमबार ०६:१६

पर्साको थप तीन स्थानमा आइतबार सशस्त्र प्रहरीको बिओपि स्थापना भएको छ। भारतशीत सिमाना जोडिएको पर्साको ठोरी गाउँपालिका,जिरा भवानी र छिपहरमाइ गाउँपालिकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट बिओपि स्थापना गरिएको हो। भारतबाट हुने तस्करी तथा सिमा नाकामा हुने गरेको विभिन्न किसिमका अबैध क्रियाकलाप नियन्त्रण गर्न सिमा सुरक्षार्थ बिओपि स्थापना गरिएको हो।

ठोरी गाउँपालिकामा स्थपना भएको बिओपीको उद्घाटन गर्दै सशस्त्र छिन्नमस्ता बाहिनी महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्णभक्त ब्रम्हाचार्यले सीमा क्षेत्रमा हुने लागुपदार्थ ओसारपसार , चेलीबेटी बेचबिखन , अवैध चोरीपैठारी नियन्त्रण गरेर शान्ति सुरक्षाको लागि नै बिओपी स्थापना गरिएको बताए ।

उनले सशस्त्र प्रहरीले जनताको दैनिक समस्यालाई व्यावहारिक हिसाबले हेर्ने बताउदै सशस्त्र प्रहरीलाई शान्ति सुरक्षामा सहयोग गर्न स्थानीयसँग अनुरोध गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*