राष्ट्रिय बाल संरक्षण संजाल नेपालको नबौ बार्षिक साधारण सभा

जनपत्र
२३ कार्तिक २०७७, आईतवार २०:३५

हेटौंडा । राष्ट्रिय बाल संरक्षण संजाल नेपालको नबौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संजालकि अध्यक्ष ऋतु भट्ट राई को सभाध्यक्षतामा र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठको प्रमुख आतिथ्यमा भर्चुअलको माध्यमबाट सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्नु हुदै श्रेष्ठले बाल संरक्षणको क्षेत्रमा राष्ट्रिय बाल संरक्षण संजालले पुर्याएको योगदानको लागि धन्यबाद ज्ञापन गर्दै बाल अधिकारको संरक्षण र सम्बर्धनको क्षेत्रमा अहिले सरकार पर्याप्त कानुन निर्माण गरि नितिगत रुपमा मजबुत हुदैद भन्नु भयो ।

उहाले बालबालिकाको क्षेत्रमा कार्यरत सस्थाहरुलाई सरकार संग सहकार्य गरि बाल अधिकारका निति तथा कानुनहरु कार्यान्वयनमा सहयोग गर्न अपिल समेत गर्नु भयो । सरकारले बालअधिकारको संरक्षणका लागि दिर्धकालिन रणनैतिक योजना ल्याई पालिका तह देखिनै समग्र बाल संरक्षण प्रणाली कार्यान्वयनमा ल्याउन लागेको बताउनु भएको छ । राष्ट्रिय बाल संरक्षण संजाल नेपालको नबौ बार्षिक साधारण सभा को सफलताको शुभकामना समेत ब्यक्त गर्नु भएको थियो ।

उक्त अबसरमा राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारि निर्देशक मिलन राज धरेलले बाल बालिका ऐन २०७५ आएपछि राष्ट्रिय बाल अधिकार परिषदले पुर्णता पाएको छ । अब बालबालिका सम्बन्धि कानुनको कार्यान्वयनको पाटो महत्वपुर्ण भएकोले हामि कानुनको पालनामा कृयाशिल छौ भन्नु हुदै उहाले राष्ट्रिय बाल संरक्षण प्रणालि स्थापनाको लागि परिषद कृयाशिल हुने बताउनु भएको छ । निर्देशक धरेलले परिषदले घटना ब्यबस्थापन प्रणालि, बाल हेल्पलाईन १०९८को हाल भएको संख्या १२ बाट बढाएर २५ सम्म पुर्याउने, खोज तसाल केन्द्र १०४ लाई सबलिकरण गर्ने, बाल संगठन लाई बिस्तार, बाल मैत्रि ढंगबाट कृयाशिल भई रहेको बताउनु भएको छ ।

यसैगरि श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका उपसचिब श्री सुजन जोजिजुले सरकारले बाल श्रम अन्त्य गर्ने कार्ययोजना अगाडि ल्याएको छ । उहाले सात बटै प्रदेशमा बाल श्रम अन्त्य गर्न सामाजिक सस्थाहरु लाई समन्वय र सहकार्यको लागि आह्वान गर्नु भएको छ ।
राष्ट्रिय मानब अधिकार आयोगका निर्देशक मन्जु खतिवडाले बाल अधिकारको संरक्षण गर्नु राज्य र नागरिक समाजको दयित्व भएकोले यस तर्फ ध्यान दिन आग्रह गर्नु भएको थियो ।

यसैगरि महिला बालबालिका तथा जेष्ठ नागरि मन्त्रालयका सहसचिब बुद्ध गुरुङले मन्त्रालय बाल अधिकारको संरक्षणको लागि कृयाशिल रहेको बताउनु हुदै सातै प्रदेशमा सरकारि निति कार्यान्वयन र बाल अधिकार सम्बर्धनका लागि राष्ट्रिय बाल संरक्षण संजाललाई समन्वय र सहकार्यको लागि आहवान समेत गर्नु भएको छ ।
उक्त अबसरमा एन ए सि जि का अध्यक्ष कृष्ण चन्द्र आचार्यले सधारण सभाको सफलताको शुभकामना ब्यक्त गर्दै बाल संरक्ष्ँणको सबालमा राष्ट्रिय बाल संरक्षण संजालले खेलेको भुमिकाको बारेमा बताउदै संजालका भाबि योजनाको कार्यान्वयनमा सफलताको लागि शुभकामना ब्यक्त गर्नु भएको थियो ।

राष्ट्रिय बाल अधिकार परिषदका को नबौ बार्षिक साधारण सभामा राष्ट्रिय बाल संरक्षण संजालका योजनाकार बाल अधिकार अभियन्ता मिलन राज धरेललाई राष्ट्रिय बाल अधिकार परिषदको कार्यकारि निर्देशक पदमा नियुक्ती हुनु भएकोमा, राष्ट्रिय बाल संरक्षण संजालका पुर्ब अध्यक्ष बिमला ज्ञवालि र राष्ट्रिय बाल संरक्षण संजालका बर्तमान उपाध्यक्ष भिमलाल गुरुङ राष्ट्रिय बाल अधिकार परिषदको सदस्यमा मनोनयन हुनु भएकोमा उहाहरुलाई हार्दिक बधाईका साथ सम्मान पत्र बाट बिभुषित गरिएको थियो ।

राष्ट्रिय बाल संरक्षण संजालको नबौ बार्षिक साधारण सभामा सबै सहभागिहरुलाई स्वागत गर्दै, गण पुरक संख्याको रुजु तथा प्रस्ताबहरुको प्रस्तुती र कार्यक्रमको संचालन राष्ट्रिय बाल संरक्षण संजालका सचिब प्रकाश खतिवडाले गर्नु भएको थियो ।
बिपदमा बाल संरक्षणको अबस्था सम्बन्धि अन्तरसंबाद मा बाल संरक्षण प्रणालीको बिषयमा बाल अधिकार अभियन्ता तारक धितालबाट र बिपदमा बाल संरक्षण बिषयमा सेभ द चिल्ड्रन का लक्षिन्द्र महर्जनले प्रस्तुतीकरण गर्नु भएको थियो ।

बार्षिक साधारण सभामा संजालकी महासचिब अनिता पाण्डेले सस्थाको कार्यक्रमिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष ज्ञान भक्त महर्जनले सस्थाको आर्थिक प्रगती प्रतिबेदन तथा लेखा परिक्षण प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । उक्त दुबै प्रतिबेदनहरु छलफल पश्चात सर्ब सम्मती बाट परित गरिएको थियो । सधारण सभाले माईन्युट लेखनका लागि सदस्य सरोज आचार्य र माईन्युट प्रमाणित गर्नका लागि चेन्ज नेपालको श्रृजना दहाल र युवाका साथ साथ आबज सस्थाका दिपेश बिशुङ्खे लाई मनोनयन गरेको छ ।

सधारण सभाको अन्त्यमा राष्ट्रिय बाल संरक्षण संजालका अध्यक्ष ऋतु भट्ट राईले आगामि बर्षमा यस संजालले सदस्यहरुको बिस्तार गर्दै सातैबटा प्रदेशमा प्रदेश समितिहरु बिस्तार गर्ने, बाल संरक्षण प्रणलि को सुदृढिकरण र बाल श्रम अन्त्यका लागि कृयाशिल हुने भाबि योजना का बारेमा बताउनु भएको थियो । साधारण सभा सफल बनाउन उपस्थिति हुनु हुने मन्त्री लगायत सबैमा हार्दिक धन्यबाद ज्ञापन गर्नु हुदै अध्यक्ष भट्ट राईले कार्यक्रम समापन गनु भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*