बागमतीमा होम आइसोलेसनमा १८ हजार ७७६ जना, मकवानपुरमा मात्र १० हजार ५५ जना

जनपत्र
२३ कार्तिक २०७७, आईतवार ०८:०५

हेटौंडा । कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको पछील्ला महिनाहरुमा सरकारले स्थापना गरेको आइसोलेसन वार्ड भन्दा पनि कोरोना संक्रमितहरु होम आइसोलेसनमा बस्ने गरेका छन् । कोरोना भएपछी ज्वरो, रुघा, खोकी र सास फेर्नका लागि अती गारो भएपछी मात्र आइसोलेसनमा जाने गरेका छन् ।

बागमती प्रदेशमा अहिले होम आइसोलेसनमा बस्नेहरुको सख्या १८ हजार ७ सय ७६ जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड १९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । प्रदेशमा आइसोलेसन पहिले भरीभराउ थिए । अहिले भने खाली वन्दै गएका छन् । बागमती प्रदेश सरकारले हेटौंडाको गौरीटारमा निर्माण गरेको आइसोलेसनमा पहिले क्षमता भन्दा धेरैले सेवा लिएका थिए भने अहिले थोरै मात्र रहेका छन् ।

मकवानपुर जिल्लामा पनि होम आइसोलेसनमा वस्नेहरु आजको दिन सम्म १० हजार ५५ जना रहेको सेढाईले वताउनुभयो । प्रदेशले स्थापना गरेका आइसोलेसनमा भन्दा घरमै बसेर कोरोना जित्नेहरु पनि धेरै रहेका छन् । मकवानपुरमा संक्रमित देखिएर विसेक भएका धेरैले होम आइसोलेसनमा बसेर कोरोनालाई जितेका छन् । होम आइसोलेसनमा वस्दा परिवारका अरु सदस्य र समुदाय स्तरमा कोरोना भने फैलदै गएको स्वाथ्यकर्मीहरु वताउँछन् । कोरोना संक्रमित आफु सुरक्षितसंग भन्दा पनि हिडडुल गर्ने समेत समस्या बढेर गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*