मकवानपुरे नव गायक सुशील थिङको ‘हामी देउसी भाई‘ गीत सार्वजनिक (भिडियो सहित)

जनपत्र
२३ कार्तिक २०७७, आईतवार ०७:५७

मकवानपुरे नव गायक सुशील थिङको ुहामी देउसी भाई ‘ गीत सार्वजनिक भएको छ । हेटौंडा पदमपोखरीका सुशील थिङले दीपावलीको अवसर पारेर नयाँ गीत ल्याएका छन्, । यसअघि सोलो गीत ल्याएका थिङले दोस्रो सांगीतिक सौगातको रुपमा हामी देउसी भाई‘ बोलको गीत भिडियो सहित शनिबार हेटौंडामा सार्वजनिक गरेका हुन् ।

ओपेरा इन्फोटेडमेन्टको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरीएको हो । गायक तथा तामाङ कलाकार संघ मकवानपुरका अध्यक्ष धिरेन लामाले गीतको भिडियोलाई निर्देशन गरेका छन् । हेटौंडाको पदमपोखरीका विभिन्न स्थानमा छायाँकन गरीएको गीतलाई विक्रम लुङ्वाले खिचेका हुन भने उनले नै सम्पादन गरेका हुन्, । गायक थिङको शब्द संगीतमा बनेको गीतमा सचिन वाईवा, निरु थिङ, प्रकाश तमाङ र राधिका तामाङको अभिनय रहेको छ ।

हेर्नुस भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*