बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या एक लाख नाघ्यो, ५३६ जनाको मृत्यु
हेटौंडा । बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघेको छ । हाल सम्म एक लाख २ हजार ५९८ जनामा कोरोना पुष्टि भएको छ । नेपालभरी देखिएका कुल कोरोना संक्रमित मध्यमा यस प्रदेशमा आधा भन्दा धेरै संक्रमित देखा परेको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका कोभिड १९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । कोरोना संक्रमणकै कारण यस प्रदेशमा ५ सय ३६ जनाको मृत्यु भइसकेको उहाँले वताउनुभयो ।
हिजो बागमती प्रदेशमा हिजो एकै दिनमा एक दिनमा १ हजार ६ सय ९९ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।
देखापरेका संक्रमित मध्यमा २४ प्रतिशत उपचाररत छन् । बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् । यस प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मध्यमा ७६ प्रतिशत निको भएर डिस्चार्ज समेत भएका छन् ।
प्रदेशमा ७८ हजार ४ सय २ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर सेढाईले जानकारी दिनुभयो ।
नेपालभरी देखिएका कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु मध्य सबै धन्दा धेरै बागमती प्रदेशमा देखा परेका छन् । अरु प्रदेशको तुलनामा बागमती प्रदेशमा धेरै संक्रमित देखा परेका हुन् ।