मकवानपुरमा आज थप ३१ जनामा कोरोना संक्रमण पुष्टि
जनपत्र
२२ कार्तिक २०७७, शनिबार ०७:०८
हेटौंडा । मकवानपुर जिल्लामा आज बिहान थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा, मकवानपुर गढी र बागमती गाउँपालिकाको गरी १३ जना महिला र १८ जना पुरुषमा कोरोना पुष्टि भएको उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।