मंसिर ३ गतेदेखि काठमाडौंको खुलामञ्चमा निःशुल्क भोजन गराउन प्रतिबन्ध

जनपत्र
२२ कार्तिक २०७७, शनिबार ०५:५०

आउने मंसिर ३ गतेदेखि काठमाडौंको खुलामञ्चमा विपन्नलाई निःशुल्क खाना नखुवाइने भएको छ। कोरोना महामारी सुरु भएयता विभिन्न संघ संस्थाले खुलामञ्चमा गरिरहेको निःशुल्क खाना वितरण कार्यक्रम तिहारको भाइटीकाको भोलिपल्ट ‘मंसिर ३ गते’ देखि बन्द गरिने भएको हो।

त्यसरी खुला ठाउँमा खाना खुवाउने गर्दा असुरक्षित तथा फोहोर भई कोरोना संक्रमणको जोखिम झन् बढ्ने भएको भन्दै शुक्रबार काठमाडौं महानगरपालिका र निस्शुल्क खाना खुवाउने संघरसंस्थाका प्रतिनिधिबीच खुला र सार्वजनिक स्थानमा त्यस्तो कार्यक्रम नगर्ने नगराउने सहमति भएको हो।

विपन्न, असहायलाई निःशुल्क खाना खुवाउन चाहनेले मंसिर २ गतेदेखि अन्य वैकल्पिक स्थान ९सुरक्षित र बन्द स्थल० पहिचान गरी खुवाउनुपर्ने सहमति पत्रमा उल्लेख छ।

हेर्नुहोस्, सहमित:

kathmandu metro
ffffffffffffffffff

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*