श्रीमतीमाथि ताताे तेल खन्याउने पक्राउ

धादिङ – नीलकण्ठ नगरपालिका ११ काे ज्यामरुङकी २० वर्षीया पूजा परियारलाई तातो तेल जिउमा खन्याएर ज्यान लिन खाेजेकाे आरोपमा उनका श्रीमान् २४ वर्षीय अश्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
घाइतेको कीर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको र आरोपितलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकनाथ तिम्सिनाले जानकारी दिनुभयाे ।