दुई सातामै २ लाख बेरोजगार दर्ता

जनपत्र
२१ कार्तिक २०७७, शुक्रबार ०७:३१

दसैंअघिको दुई सातामा रोजगारको माग गर्दै २ लाख नेपालीले बेरोजगार सूचीमा नाम दर्ता गराएका छन् । कोरोना संकटका कारण रोजगारीका क्षेत्र खुम्चँदै गएपछि बेरोजगार हुनेको दर एक्कासी बढेको छ । हालसम्म नेपालभित्र बेरोजगारको सूचीमा नाम दर्ता गराउनेको संख्या लगभग ६ लाख पुगेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले असोजमा सार्वजनिक गरेको प्रतिवेदनमा उलल्लेख छ ।

मन्त्रालयमा बेरोजगार रहेको जनाउँदै दसैँअघि दुई हप्तामा मात्र १ लाख ९२ हजार युवाले नाम दर्ता गराएका छन् । मन्त्रालयले असोज १५ देखि २९ गतेसम्म सार्वजनिक गरेको तथ्याकंमा बेरोजगार एक्कासि बढेको देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*