प्रेस स्वतन्त्रता सेनानी बर्माको कोरोना संक्रमणबाट निधन

जनपत्र
२१ कार्तिक २०७७, शुक्रबार ०७:२५

नेपाल पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष तथा सामाजिक व्यक्तित्व सीतारामप्रसाद बर्माको निधन भएको छ । कोरोना संक्रमण देखिएपछि केही दिन अघिदेखि काठमाडौंको किष्ट अस्पतालमा उपचाररत बर्माको शुक्रबार बिहान निधन भएको हो ।

उनले प्रेस स्वतन्त्रता सेनानीको सम्मान पनि पाएका थिए । जीवनको झण्डै तीन दशक पत्रकारितामा सक्रिय बर्माले केही समयअघि कोरोना संक्रमणबाट आफ्नो पत्नीलाई गुमाएका थिए । बर्मा धादिङबाट राष्ट्रिय समाचार समितिमा विगत २७ वर्षदेखि जिल्ला संवाददाताको रुपमा कार्यरत थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*