बागमती प्रदेश सरकारको लगानी, मकवानपुरका गाउँ गाउँमा पुल निर्माण

हेटौंडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयकोे लगानीमा मकवानपुरको गाउँ गाउँमा पुल निर्माण हुने भएको छ । पुल निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट छुट्याइएको छ । बषौदेखि वर्षायाममा खोला ओहोर दोहोर गर्नका लागि समस्या भोग्दै आएका स्थानीय नागरिकका लागि पुल निर्माण पछी समस्या समाधान हुने भएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयलयले मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ र ६ जोड्ने कर्मचुली, जुइना, सुकौरा खोलामा पुल निर्माण गर्ने भएको छ । यसका लागि मन्त्रालयलय १० लाख रुपैयाँ बजेट छुट्याएको छ । त्यसैगरी मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ मा ज्यामिरे खोलामा पुल निर्माणका लागि ५० लाख रुपैयाँ बजेट छुट्याएको मन्त्रालयले जनाएको छ ।
कैलाश गाउँपालिकाको वडा नम्बर ५ कालीखोला पुल पनि यसै वर्ष निर्माण हुने भएको छ । यसका लागि मन्त्रालयले १५ लाख रुपैयाँ बजेट मार्फत काम गर्न लागिएको जनाएको छ । त्यसैगरी हेटौंडाको कुख्रेनी खोलाको पुल निर्माण पनि गर्ने भएको छ । यो पुल निर्माणका लागि ६२ लाख ५० हजार रुपैयाँ लागतमा काम गर्ने भएको छ ।