मकवानपुरमा आज थप ५६ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा । मकवानपुर जिल्लामा आज विहान थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा २८ जना महिला र २८ जना पुरुष रहेका छन् । सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा संक्रमण पुष्टि भएको हो ।
बकैयाँ, बागमती, मनहरी र हेटौंडामा वसोवास गर्ने बाहिरी जिल्लाका गरेर ५६ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।