मानव अधिकार आयोग, बागमती प्रदेशको वार्षिक गतिविधि पुस्तक विमोचन
हेटौंडा । नेपालको संविधानले मानव अधिकारका विषयहरुमा सम्बोधन गरे पनि सरकारले कार्यान्वयनको पाटो बलियो बनाउन सके मानव अधिकार उल्लङ्घनका घटनाहरुमा कमि आउने बागमती प्रदेशका माननीय सभामुख सानुकुमार श्रेष्ठज्यूले बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयको वार्षिक गतिविधि पुस्तक,द्दण्ठठ को बिहीबार जुम प्रविधि मार्फत विमोचन गर्नु हुदैँ माननीय सभामुखज्यूले जनतामा चेतनाको स्तर विकास गर्न सरोकारवाला निकायले पनि उत्तिकै ध्यान पुर्या उन सके मानवअधिकार उल्लङ्घनका घटनामा उल्लेख्य कमी आउने बताउनुभयो।बागमती प्रदेशमा विगतका वर्षहरु भन्दा यस आर्थिक वर्षमा मानवअधिकार उल्लङ्घनका घटनाहरुमा कमि आएको वहाँले बताउनुभयो।
जुम प्रविधि मार्फत भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेद प्रसाद भट्टराईको अध्यक्षता रहेको थियो भने बागमती प्रदेश सभाका माननीय सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतित्यथता रहेको थियो।बागमती प्रदेश भित्र आर्थिक वर्ष २०७६/७७मा कुल ६८ वटा मानव अधिकार उल्लङ्घनका विषयमा राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयमा उजुरीहरु परेको र सबैभन्दा बढी उजुरीहरु काठमाण्डौ जिल्लाबाट प्राप्त भएको कार्यक्रममा जानकारी गराईएको थियो।