‘नेपालमा समाजवादीहरुले शिक्षा र स्वास्थ्य निःशुल्क हुन्छ भनेर भोट माग्छन्, दुई तिहाइको सरकार भएपछि पेटमा लात हान्छन्’

जनपत्र
२० कार्तिक २०७७, बिहीबार १८:१८

काठमाण्डाै – चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आउनुभएका डाक्टर गोविन्द केसीले राजनीतिक दलका शीर्ष नेताहरुले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको आरोप लगाउनुभएको छ ।

काठमाण्डाैमा बिहीबार पत्रकार सम्मेलन गर्दै डा. केसीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राजनीतिक दलका नेताहरुले माफिया र बिचौलियासँग मिलेर व्यापार गरिहेको आरोप लगाउनुभएको हो । सबै स्वास्थ्य र शिक्षण संस्थाहरुमा आफ्ना कार्यकर्ताहरुकाे भर्ती केन्द्र बनाएर धरासायी बनाइरहेको आरोप उहाँले लगाउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*