काठमाण्डाै उपत्यकामा थप १ हजार ३९८ जनामा सङ्क्रमण

जनपत्र
२० कार्तिक २०७७, बिहीबार १८:११

काठमाण्डौ – गएको २४ घण्टामा काठमाण्डौ उपत्यकामा एक हजार तीन सय ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार काठमाण्डौमा एक हजार ९१ जना, भक्तपुरमा एक सय ४७ जना र ललितपुरमा एक सय ६० जनामा सङ्क्रमण देखिएको हो ।

त्यस्तै गएको २४ घण्टामा देशभर तीन हजार ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ८५ हजार नौ सय ७४ पुगेको छ ।

अब देशभर ३६ हजार पाँच सय १४ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*