२४ घण्टामा ३ हजार ५१ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितकाे सङ्ख्या १ लाख ८५ हजार नाघ्याे

जनपत्र
२० कार्तिक २०७७, बिहीबार १८:०९

काठमाण्डाै – गएको २४ घण्टामा देशभर तीन हजार ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ८५ हजार नौ सय ७४ पुगेको छ ।

अब देशभर ३६ हजार पाँच सय १४ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार देशभर तीन हजार चार सय ३० जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणपछि मुक्त हुनेको सङ्ख्या एक लाख ४८ हजार चार सय आठ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा १८ जना सङ्क्रमितको ज्यान गएसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ५२ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*